नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित भयो।
काठमाडौँ-आयोजक नेपालले काभा अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनल प्रवेशका लागि काजकस्तानको सामना गर्ने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपालले फाइनल प्रवेशको लागि समूह ‘बी’को विजेता काजकस्तान प्रतिद्वन्द्वी पाएको हो। नेपाल र काजकस्तानको खेल शुक्रबार हुने छ।
नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित भयो। समूह ‘ए’ को विजेता बन्दै उज्वेकिस्तानसँग सेमिफाइनल खेल्ने लक्ष्यका साथ कोर्टमा उत्रिएको नेपालविरुद्ध भारत शुरूआतदेखि नै हाबी भयो।
भारतले पहिलो सेट २५-१२ ले जित्यो। दोस्रो सेट भने प्रतिस्पर्धात्मक बनेको थियो। यद्यपि, नेपालले २६-२४ मा गुमाउन पुग्यो। तेस्रो सेटमा भने २५-२१ को जित हासिल गर्दै नेपालले खेलमा फर्किने संकेत दियो। तर, चौथो तथा अन्तिम सेटमा भने भारतसँग २५-२१ ले पराजित हुन पुग्यो।
समूह ‘ए’मा भारत अविजित रह्यो। भारतले पहिलो खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा पनि किर्गिस्तानमाथि ३-० कै सोझो सेटमा जित हासिल गर्दै एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको थियो। भारतले यस समूहमा अपराजित रहँदै ३ खेलमा ९ अंक जोड्यो।
समूहको उपविजेता नेपालले पनि बंगलादेश र किर्गिस्तानमाथि ३-० कै सोझो सेटमा जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो। अब फाइनल प्रवेशका लागि भारतले समूह ‘बी’ को उपविजेता उज्वेकिस्तानसँग खेल्ने छ।
राखेपको कभर्डहलमा बुधबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा काजकस्तानले उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्यो। प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा उज्वेकिस्तानले २६-२४ को जित हासिल गरेको थियो। तर, त्यसपछिका सेट २५-१६, २५-११ र २५-१८ ले गुमायो।
समूह ‘बी’ मा काजकस्तानले अपराजित रहँदै ३ खेलमा ९ अंक जोड्यो। उज्वेकिस्तान समान खेलमा २ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
