एमाले उपाध्यक्षसमेत रहेका पाेखरेलले प्रतिबद्धतापत्रमा सविधानकाे रक्षा र कार्यान्वयनमा जाेड दिएका छन् ।
काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए । ‘स्थानीय तह निर्वाचनमा एमालेलेले गरेका प्रतिबद्धताको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने वाचा गर्दछौं,’ प्रतिबद्धतापत्रमा भनिएको छ ।
भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गर्ने पोखरेलले बताएका छन् ।
एमालेले आसन्न निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा केन्द्रीय सदस्य नारायण सिलवाल र (ख)मा काठमाडौं जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
