नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ करोड ५० लाख रुपैयाँ ठगी भएको भनी ११३ जनाले २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका छन्।
काठमाडौँ– जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
मंगलबार म्याद थपका लागि अदालतमा पेश गरिएकामा दुई दिन म्याद थप भएको जिल्ला प्रहरी परिसरका एसपी सीताराम रिजालले जानकारी दिए। थपिएको म्यादभित्रमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ।
शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ। उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ।
यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसांसद आङटावा शेर्पा, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्।
फरार १७ जनासमेत गरी ३३ जना विरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले सोमबार सरकारी सकिललाई प्रतिवेदन बुझाइसकेको छ।
उक्त घटनामा ११३ जनाले २७ करोड ५० लाख रुयैयाँ ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
