अथाह सम्भावना भएर पनि पछाडि परेको सुदूरपश्चिम प्रदेशलाई आगामी बजेटमा विशेष प्राथमिकता दिन मुख्यमन्त्री शाह नेतृत्वको टोलीले अनुरोध गरेको छ।
काठमाडौँ– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ।
भेटमा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अनुरोध गरे। अथाह सम्भावना भएर पनि आफ्नो प्रदेश पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए। आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनुपर्ने बाध्यता अब हटेको बताए।
कुनै बेला काठमाडौँ आउनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले धेरै टाढा नरहेको उनको भनाइ छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई समेटिएको र बजेटमा पनि प्राथमिकता दिइनेमा उनले विश्वास दिलाए।
“सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेरै संघीयता आएको हो,” उनले भने, “त्यो कुरा हामी सबैले बुझ्नुपर्यो। सुदूर र कर्णालीका योजना त्यहीँ बनाउने हो।”
सिंहदरबारमा भएको भेटमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललसहित मन्त्रीहरू सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
