प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सुशासन कायम, बाढीपहिरो र नदी नियन्त्रण, सीमा विवाद व्यवस्थापन, नागरिकता समस्या समाधानलगायत जनजीवनका सरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ।
सांसदहरूले कपिलवस्तुका उखु किसानले अनुदान रकम नपाएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा नलिइएको, विदेशमा श्रमका लागि काम गर्न जाँदा मृत्युवरण भएका नेपालीको शव ल्याउन कठिनाइ हुने गरेको, जलवायु परिवर्तनको प्रभावबाट नेपालले पाउने क्षतिपूर्तिका लागि लविइङ गर्न, किसानलाई मलको व्यवस्था गर्न, विद्यालय कर्मचारीलाई श्रम शोषण नगर्न, कक्षा १० को पाठ्यक्रमबाट डा सन्दुक रुइतको जीवनी हटाइएको, धनकुटामा पञ्चायतकालमा दमनमा संलग्नलाई प्रतिष्ठान बनाइ आर्थिक सहयोग गरिएको लगायत विषयमा ध्यानाकर्षण गराएका थिए।
शून्य समयमा सांसद बुद्धिमान तामाङ, भगवती चौधरी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मानबहादुर गुरुङ, मनिष झा, महिन्द्रकुमार राय, महेशकुमार बर्ताैला, महेश बस्नेत, माधव सापकोटा, मानवीर राई, गुप्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, मैना कार्की, मंगलप्रसाद गुप्ता, मञ्जु शर्मा अन्सारी र योगेन्द्र मण्डलले आफ्ना भनाइ राखे।
यस्तै, सांसदहरू योगेशकुमार भट्टराई, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रञ्जुकुमारी झा, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार राई, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशंकर यादव, रामहरि खतिवडा, रुक्मिणी राणा बराइली, रूपा चौधरी, रेखा यादव, रोशन कार्की, लक्ष्मी तिवारी, लिलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल र रणेन्द्र बराइलीले शून्य समयमा भाग लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
