अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बायोमेडिकल वैज्ञानिकसमेत रहेकी रायना बर्नावीको छ।
अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा पुगेकी छिन्। एक्सियम स्पेसको दोस्रो निजी मिसनमा रहेका दुई साउदीमध्ये रायना बर्नावी पनि एक हुन्। अमेरिकाबाट स्पेसएक्स फाल्कन ९ रकेटबाट उनीसहितको टोली आईएसएसमा पुगेको हो।
३४ वर्षीया बायोमेडिकल वैज्ञानिक रायनाले आईएसएसमा १० दिन बताउँदा स्टेम सेल र स्तन क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने योजना बनाएकी छिन्। बीबीसीका अनुसार आफ्नो आईएसएससम्मको यात्राले मध्यपूर्वका सबै पृष्ठभूमिका महिलाहरूलाई प्रेरित गर्ने उनको आशा छ।
आईएसएस पुग्नुअघि खिचिएको एक भिडियोमा उनले भनिन्, “संसारभरका मानिसहरूका लागि भविष्य निकै उज्ज्वल छ। म चाहन्छु, तपाईंहरूले ठूलो सपना देख्नुहोस्, आफैँमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।”
रायनासँगै आईएसएसमा पुगेका साउदी मिसन विशेषज्ञ अली अल्कार्नी खाडी मुलुकबाट अन्तरिक्षमा जाने दोस्रो पुरुष अन्तरिक्षयात्री बनेका छन्। दुई अमेरिकी नागरिक कमान्डर पेगी ह्विटसन र पाइलट जोन शोफनर पनि यो मिसनमा सहभागी छन्।
उनीहरू सवार फाल्कन ९ रकेट फ्लोरिडाको केप क्यानाभेरलस्थित केनेडी अन्तरिक्ष केन्द्रबाट आइतबार स्थानीय समयअनुसार २१ः३७ बजे प्रक्षेपण गरेको थियो। रकेट सोमबार स्थानीय समयानुसार १३:१२ मा आईएसएसमा जोडिएको एक्सियम स्पेसले ट्वीटमार्फत जनाएको छ।
आईएसएसमा उनीहरूले २० भन्दा बढी विज्ञान र प्रविधिसम्बन्धी अनुसन्धान गर्ने जनाइएको छ। रायनाको अनुसन्धान रियादस्थित किङ फैजल स्पेसलिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरको स्टेम सेल एन्ड टिस्यु रि–इन्जिनियरिङ प्रोग्राममा रिसर्च ल्याब टेक्निसियनका रूपमा विगत नौ वर्षमा गरेका केही काममा आधारित हुने बताइएको छ।
हालैको एक पत्रकार सम्मेलनमा उनले अन्तरिक्षमा जाने पहिलो साउदी महिला अन्तरिक्षयात्री बन्नु निकै खुशी र सम्मानको विषय भएको बताएकी थिइन्। साउदी अरेबियामा सन् २०१८ मा मात्र महिलाले गाडी चलाउन पाउने अधिकार पाएका थिए। मानव अधिकारवादी समूहहरूले पुरुष अभिभावकत्वसम्बन्धी कानूनी प्रावधानमार्फत अझै पनि त्यहाँ महिलाको अधिकारलाई सीमित गरिएको बताउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
