त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुरू प्रतियोगितामा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
काठमाडौँ- उज्वेकिस्तानले काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुरू प्रतियोगितामा उज्वेकिस्तानले विजयी शुरूआत गरेको हो। सोमबार भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
उज्वेकिस्तानले पहिलो सेट २७–२५ ले जितेको थियो। यस्तै, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै विजयी भएको छ।
प्रतियोगितामा आयोजक नेपालसँगै बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता छ। समूह 'ए' मा नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन्।
राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
