दक्षिण अफ्रिकामा अन्तिम संस्कारमा प्रयोग हुने कफिन, फूल, कार, सजावटका आधारमा अन्तिम संस्कार गरेबापत कम्पनीहरूले मूल्य तोक्ने गरेका छन्।
दक्षिण अफ्रिकामा अन्तिम संस्कार सेवा उद्योगको एक व्यावसायिक प्रदर्शनीमा १२२ वटा कारको परेड गरिएको अनौठो विषयले गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। विश्वमा सबैभन्दा बढी कार प्रयोग गरी भएका परेडको रेकर्ड तोड्न द फ्युनेरेक्स अफ्रिका एक्पोमा मा १२२ वटा कार (हर्स)ले परेड देखाएका हुन्।
आयोजकले परेडका लागि १२३ वटा कार भएपनि अन्तिम समयमा एउटा कारमा समस्या देखिएपछि १२२ वटा कारले परेड देखाएको भएको बताए। परेडमा दशकौँ पुराना काला (हस)कार र नयाँ मोडलका सेता कारहरू प्रयोग भएका भएका थिए।
दक्षिण अफ्रिकामा मानिसको मृत्युपछिको अन्तिम संस्कारका विधि र प्रक्रियामा सहज होस् र नयाँ तरिकाले बिदाइ गर्न कम्पनीहरूले पैसा लिएर सघाउने गर्छन्। कफिन, फूल, कारको प्रयोग, मानिसहरूको संख्या आदिका आधारमा अन्तिम संस्कार गरेबापतको मूल्य तोकिन्छ। कम्पनीले नै अन्तिम संस्कारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने र पछि एकैचोटी सम्बन्धित परिवारबाट लिने गर्छन्। एक व्यक्तिको अन्तिम संस्कारबापतको खर्च ७०० रान्डदेखि ५० हजार रान्डसम्म पर्ने गरेको छ।
दक्षिण अफ्रिकामा यो एक सेवा उद्योगकै रूपमा स्थापित भइसकेको छ। अन्तिम संस्कार सेवा उद्योगको नाफा यो वर्ष दक्षिण अफ्रिकामा वार्षिक १२ प्रतिशतले बढिरहेको रिसर्च एन्ड मार्केटले उल्लेख गरेको छ। पछिल्लो १८ महिनायता विभिन्न कारणले मृतकसंख्या बढेपछि यो उद्योगमा चाप बढेको छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
