गत वर्ष शारीरिक अवस्थाका कारण सगरमाथा चढ्न नपाएका हरि बुढामगरले यस पटक सफल आरोहण गरेका छन्।
काठमाडौँ– हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन्। दुवै खुट्टा गुमाएका ४३ वर्षीय बुढामगरले शनिबार बिहान ३:१० मा सगरमाथा आरोहण गरेका छन्।
उनी आरोहणपछि क्याम्प ३ मा ओर्लिसकेका छन्। आरोहण दलका सदस्यका अनुसार उनका दुवै कृत्रिम खुट्टा फेरिरहनु पर्ने हुँदा शनिबार नयाँ कृत्रिम खुट्टा लगिँदैछ। त्यसपछि उनी आधारशिविरमा ओर्लिने छन्।
गत वर्ष पनि आधारशिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यसविरुद्ध अदालत गएका थिए। उक्त मुद्दा जितेपछि आरोहण अनुमति पाएका थिए। फरक क्षमताका मानिसलाई हिम्मत, साहस दिन पर्वतारोहण क्षेत्रमा लागेको उनले यसअघि उकालोसँग बताएका थिए। उनी प्रेरक वक्ता (मोटिभेसनल स्पीकर) र अभियान्ता हुन्।
सन् १९७९ मा पश्चिम रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएका थिए। उनलाई युद्धका क्रममा अफगानिस्तान पठाइएको थियो। सन् २०१० मा विद्रोही तालिबानले राखेको एम्बुसमा परेर घाइते भए। उपचारका क्रममा घुँडादेखि मुनि दुवै खुट्टा काट्नुपरेको थियो।
त्यसपछि कृत्रिम खुट्टाका भरमा विभिन्न साहसिक खेलकुदमा सहभागी हुन थालेका हुन्। पर्वतारोहण, गल्फ, स्काइ डाइभिङ, स्की, कायकिङ, ह्वीलचियर रग्बी, ह्वीलचियर र बास्केटबल खेलमा सहभागी हुँदै आएका छन्। उनले सन् २०१७ मा दुवै खुट्टा नभएको पर्वतारोहीका रूपमा मेरापिक (६४७० मिटर) आरोहण गरेर कीर्तिमान बनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
