माओवादी केन्द्र दुई, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने सहमती भएको छ। शुक्रबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्ने मुख्यमन्त्री शाहले बताएका छन्।
सुदूरपश्चिम– मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँदै छ। सरकार गठन भएको १०० दिन पुगेको अवसरमा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारले पूर्णता पाउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए।
“सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ,” उनले भने, “आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ।” भागबण्डाअनुसार माओवादी केन्द्र दुई, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने छन्।
आफ्ना १०० दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले जनतामा सुशासन र विकासको नयाँ आशा सञ्चार भएको बताए। यो अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ।
यसैगरी प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजनाको अवलोकन र अनुगमन गरी समस्याको पहिचान तथा भावी कार्यदिशा निर्धारणलगायतलाई उपलब्धि मानिएको छ। मंसिरको निर्वाचनको नतिजासँगै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टी सम्मिलित सरकार गठन भएको थियो।
संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए।
त्यसपछि राजनीतिक समीकरण पनि पुनः फेरिन पुग्दा प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
