फ्रेन्ड्स क्लबसँग बराबरी खेलेसँग साबिक विजेता मछिन्द्र शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा पुग्ने रोकिएको छ।
काठमाडौँ– रेलिगेसन टार्न संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएपछि साबिक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा दुई पटक पुनरागमन गर्न परेपछि मछिन्द्रले तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर गुमाएको हो।
खेलको अन्त्यतिर दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफमा भने दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गर्दा खेल २-२ गोलको बराबरीमा सकियो।
६८औँ मिनेटमा प्रकाश बुढाथोकीले फ्रेन्ड्सलाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै मछिन्द्र खेलमा फर्कियो। जापनीज खेलाडी युता सुजुकीको कर्नरमा ओलावाले आफिजको हेडरमा गोल गरे।
७९औँ मिनेटमा फ्रेन्ड्सले रफिक अमिनुको गोल गर्दै फ्रेन्ड्सलाई पुन: अग्रता दिलाए। तर, चार मिनेटपछि नै अफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई हारबाट जोगाए।
बराबरीसँगै मच्छिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ। मछिन्द्र र जावलाखेल युथ क्लबको समान अंक रहेको छ। लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको भने ३३ अंक रहेको छ। यता, फ्रेन्ड्सको १९ खेलमा २१ अंक रहेको छ ।
मनाङ र संकटाको पनि बराबरी
च्यासल मैदान बिहीबार नै सम्पन्न अर्को खेलमा अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबसँग अंक बाँडेको छ।
मनाङका लागि दुवै गोल टिमोथी कोफी कुन्डोले गरेका थिए। तर, संकटाका युसुफ एट्रिस र मिनष डाँगीले गोल फर्काउँदै मनाङबाट अंक खोसे।
खेलको १९औँ मिनेटमा कुन्डोको गोलमार्फत् मनाङले शुरूआती अग्रता लिएको थियो। तर, पहिलो हाफ सकिनै लाग्दा युसुफ बराबरी गोल फर्काए।
त्यसको केही मिनेटमै कुन्डोले व्यक्तिगत दोस्रो गोल गर्दा मनाङ पहिलो हाफमा २–१ ले अघि थियो। तर, दोस्रो हाफको खेल शुरू भएको ७औँ मिनेटमै मनिषले गोल गर्दै संकटालाई २-२ को बराबरीमा ल्याए। बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ। संकटाको पनि समान खेलबाट २३ अंक नै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
