राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन नेपाल प्रहरीको जोडबल र विदेशीको चासोमा अगाडि बढेको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन्।
बिहीबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोधसभामा बोल्दै अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए।
“आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला? यो जस्तो लज्जास्पद र दुःखदायी कुरा अरू केही पनि हुन सक्दैन। विश्व जगत्मा नेपालको बदनाम भएको छ। नेपालको शिर झुक्ने काम भएको छ,” उनले भने।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन नेपाल प्रहरीको जोडबल र विदेशीको चासोमा अगाडि बढेको तर्क गरे। उनले यो प्रकरणको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको उल्लेख गरे।
उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताए। उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसले उन्मुक्ति पाउनु नहुने बताए। उनले नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दा चल्नुपर्ने बताए।
उनले अपराधमा संलग्नलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्यसम्बन्धीको अपराध मुद्दाहरू चलाउन आग्रह गरे। उनले प्रहरीले नक्कली भुटानजी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए।
उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताए। राप्रपा कुनै पनि भ्रष्टाचारी उम्कने कुराको पक्षमा नरहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
