रास्वपा सांसद खनालले प्रधानमन्त्रीलाई थरुहट तथा मधेश आन्दोलनको छानबिनका लागि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ? भनेर प्रश्न गरेका छन्।
बिहीबार संसद्मा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा खनालले प्रधानमन्त्रीलाई थरुहट तथा मधेश आन्दोलनको छानबिनका लागि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।
“तपाईं प्रधानमन्त्री हुँदा थरुहट र मधेश आन्दोलनको छानबिन गर्न आयोग गठन भएको थियो। त्यसपछि तपाईंहरू पटक पटक सरकारमा जानुभयो। नीति तथा कार्यक्रममा पनि प्रतिवेदन सार्वजनिक गर्ने लेखियो तर सार्वजनिक गरिएन,” खनालले भने, “सात वर्षपछि यहाँको नेतृत्वमा पुनः सरकार बनेको छ। थरुहट आन्दोलनको जगमा उठेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा छ। रिपोर्ट चाहिँ सरकारले सार्वजनिक गर्छ कि गर्दैन? कहिलेसम्म गर्छ?”
खनालको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाका कारण प्रतिवेदन रोकिएको बताए। “त्यस (प्रतिवेदन)लाई कुन रूपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन सार्वजनिक नगर्नु भनेर फैसला गरेको जानकारी म यहाँ गराउन चाहन्छु।”
फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
