दुवै पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गर्न लागेका हुन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीले बिहीबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछन्।
नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै काठमाडौँका छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्।
दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खानाललगायत नेताले सम्बोधन गर्नेछन्।
राप्रपाले भने हनुमानढोका दरबार क्षेत्रमा विराेध कार्यक्रम गर्ने जनाएको छ। विरोध प्रदर्शनलाई दिउँसो १ बजे अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम छ।
हालै बसेको केन्द्रीय समितिको बैठकले नक्कली शरणार्थी प्रकरण राज्यद्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो। उसले लडाकु शिविर, ललिता निवास, एनसेललगायत प्रकरणमा सतहमा आएका विषय छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको थियो।
यस्तै, एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको थियो।
देशभरबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले ऐक्यबद्धतासहित खबरदारी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
