फ्रान्सको एक पुनरावेदन अदालतले भ्रष्टाचारमा दोषी ठहर पूर्वराष्ट्रपति निकोलास सार्कोजीको अपिल खारेज गर्दै तीन वर्षको काराबास सजाय कायम राखेपछि उनी अब अरू एक वर्ष थुनामा बस्नुपर्ने भएको छ।
फ्रान्सको एक पुनरावेदन अदालतले भ्रष्टाचारमा दोषी ठहर पूर्वराष्ट्रपति निकोलास सार्कोजीको अपिल खारेज गर्दै तीन वर्षको काराबास सजाय कायम राखेको छ। तर, उनी बन्दीको ट्याग लगाएर घरैमा बस्न पाउने छन्।
फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको काराबासको फैसला सदर गरेको हो। उनी अब एक वर्ष उनकै घरमा थुनिने छन्। सार्वजनिक पदमा भने तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ।
६८ वर्षीय सार्कोजी भ्रष्टाचारमा काराबासको सजाय हुने पहिलो पूर्वराष्ट्रपति हुन्। पुनरावेदन अदालतको आदेश सुनेपछि बिनाटिप्पणी ६८ वर्षीय सार्कोजी अदालतबाट बाहिरिएका थिए। उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालत 'कोर्ट अफ कासेसन'मा अपिल गरिने बताएका छन्।
सार्कोजी सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति थिए। पदबाट बाहिरिने बित्तिकै उनी कानुनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानूनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत बाहिरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
