नेपाल रहेको समूहमा कुवेतसहित आठपटकको साफ विजेता भारत र पाकिस्तान छन्। अर्को समूहमा लेबनान, भुटान, माल्दिभ्स र बंगलादेश छन्।
काठमाडौँ- १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिपको उद्घाटन खेलमा साबिक उपविजेता नेपाल र कुवेत भिड्ने भएका छन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले भारतको नयाँ दिल्लीमा बुधबार समूह विभाजन गर्दै खेल तालिकासमेत सार्वजनिक गरेको हो।
नेपाल रहेको समूहमा साबिक विजेता भारतसँगै कुवेत र पाकिस्तान छन्। नेपालले असार ६ गते दिउँसो ३:४५ बजे फिफा वरीयतामा आफूभन्दा माथि रहेको कुवेतसँग खेलेर प्रतियोगिताको शुरूआत गर्ने छ। समूह ए मा परेको कुवेत आमन्त्रित टोली हो।
कुवेत फिफा वरीयतामा १४३औँ स्थानमा छ। नेपाल भने १७४औँ स्थानमा छ।
नेपालले दोस्रो खेलमा आठपटकको साफ विजेता भारतसँग खेल्नेछ। भारत र नेपालबीचको खेल बेलुका असार ९ गते ७:४५ बजेबाट शुरू हुनेछ।
माल्दिभ्समा आयोजना भएको १३औँ संस्करणको फाइनलमा भारतले नेपाललाई ३–० गोलअन्तरले पराजित गर्दै आठौँ पटक उपाधि जितेको थियो। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो।
नेपालले समूह चरणको अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्ने छ। पाकिस्तान र नेपालबीचको खेल ३:४५ बजेबाट शुरू हुने छ। समूहको अंक तालिकामा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
अर्को समूहमा लेबनान, भुटान, माल्दिभ्स र बंगलादेश छन्। आमन्त्रित टोली लेबनान फिफा वरियतामा १००औँ स्थानमा छ। माल्दिभ्स दुईपटकको साफ विजेता टोली हो। उसले सन् २००८ र २०१८ मा उपाधि जितेको थियो।
बंगलादेशले भने सन् २००३ मा उपाधि जितेको थियो। भुटान सन् २००८ मा सेमिफाइनल पुगेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
