नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा निधन भएको थियो।
काठमाडौँ– जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। दिवसका अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्दै छ।
मदनआश्रितको योगदानबारे पार्टी निकट संगठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने सो पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा निधन भएको थियो।
दुर्घटनामा चालक अमर लामा बाँच्न सफल भएका थिए। लामाको समेत २०६० सालमा हत्या भएपछि यो घटना रहस्यकै गर्भमा छ।
यसैबीच नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको खतिवडाले बताए।
उक्त घटनाको निष्पक्ष छानबिन गरी सांगठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो।
बुधबार देशभर दबाबमूलक कार्यक्रम गर्ने उपमहासचिव खतिवडाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
