सुदन किरातीले आफूलाई संसद् र मन्त्रीलाई अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको बताएका छन्।
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको बताएका छन्।
मंगलबार संघीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताएका हुन्।
“यहाँ अरूले नै संसद् चलाउँदो रहेछ, हामी त डमी मात्रै रहेछौँ। अरूले नै चलाउँदो रहेछ मन्त्री, हामी त सोकेसको मान्छे मात्रै रहेछौँ। मलाई लागेको कुरा यो हो,” मन्त्री किरातीले भने।
उनले पर्यटन क्षेत्रमा धरै ऐन बदल्नु पर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद् र सांसदलाई आग्रह गरे। संसद्मा बल दिए मात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ थियो।
मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्बाट पास गराएर संसद्मा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पारित गरिदिन पनि सांसदको ध्यानाकर्षण गराए। नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको उनको तर्क छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
