सोमबार साँझको हावाहुरीका कारण १०० जनाभन्दा बढी सगरमाथा आरोहीहरू साउथ कोल (क्याम्प ४) मा अड्किएका छन्। हिमालयन एक्सिपिडिसबाट गएका जापानी र इटालियन आरोही सम्पर्कविहीन भएका छन्।
काठमाडौँ– सोमबार साँझ आएको हावाहुरीका कारण सगरमाथा आरोहण गर्न गएकाहरू प्रभावित भएका छन्। हावाहुरीका कारण १०० जनाभन्दा बढी आरोहीहरू साउथ कोल (क्याम्प ४) मा अड्किएका छन्।
“हावाहुरीका कारण धेरैले आँट गर्न सकेनन्, डराए” आरोहण दलका एक सदस्यले भने “यस पटक मौसमी जानकारी त्यति मिलेको छैन।” प्रतिकूल मौसमका कारण रोकिएका आरोहीहरू मौसममा सुधार आएपछि शनिबार आरोहणमा निस्केका थिए।
एलाइट एक्सिपिडिसनको निर्मल पुर्जा नेतृत्वको टोली भने आठ हजार मिटरभन्दा माथि पुगेको छ। १२ जना विदेशी र १० जना नेपाली रहेको उनको टोली मंगलबार शिखरमा पुग्ने बताइएको छ। हिमालयन एक्सिपिडिसबाट गएका एक जापानी र एक इटालियन आरोही सम्पर्कविहीन भएका छन्। उनीहरू क्याम्प ४ भन्दा केही माथिबाट सम्पर्कविहीन भएका हुन्।
यसैबीच आरोहण गरेर फर्कने क्रममा आठ हजार मिटरभन्दा माथि नै टोलीबाट छुटेका नेपाली सेनाका सहसेनानी दीपेन्द्रसिंह खत्रीको उद्धार गरिएको छ। सोमबार बिहान १०.५ बजे शिखरमा पुगेका उनी क्याम्प ४ आइपुग्न सकेका थिएनन्।
पुर्जाको समूहले उनलाई मंगलबार बिहान अक्सिजनवीहिन, बेहोस र चस्मासमेत नलगाएको अवस्थामा भेटेको थियो। त्यसपछि खत्रीलाई अक्सिजन र चस्मा उपलब्ध गराएका थिए। लेफ्टिनेन्ट कर्णेल किशोर अधिकारीको नेतृत्वमा शिखरमा पुगेको १० जनाको टोली फर्कने क्रममा खत्री छुटेका हुन्। कर्णेलअधिकारी सगरमाथा आरोहण गर्ने उच्च तहका पदाधिकारी हुन्।
‘सफा हिमाल अभियान २०२३’ को नेतृत्व लिइरहेको सेनाको टोली पुराना मृत शरीरको खोजी (इन्भेन्ट्री) तथा मृत शरीरको स्थान पत्ता लगाउने (लोकेसन ट्र्याकिङ) का क्रममा शिखरसम्म पुगेका हुन्। आरोहीका लागि सेनाले आधार शिविरमा स्वास्थ्य शिविरसमेत खडा गरेको छ। सेनाका डाक्टरले आरोहणका क्रममा त्यहाँ पुगेका सबैको स्वास्थ्य परीक्षण गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
