प्रतिनिधिसभा नियमावली,२०७९ ले सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था गरेको छ। सोही अनुसार सांसद थापाले ध्यानाकर्षण गराएका हुन्।
काठमाडौँ– एमाले सांसद सूर्य थापाले प्रतिनिधिसभाको अर्थ समितिमा स्वार्थ बाझिनेगरी कोही सदस्य मनोनित भएको भए नबस्ने स्वघोषणा गर्न ध्यानाकर्षण गराएका छन्।
मंगलबार अर्थ समितिको पहिलो बैठकको शुरूआतमा बोल्दै थापाले ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधिसभा नियमावली,२०७९ को दफा १७५ को (२) र (३) मा सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था छ।
उक्त व्यवस्थाको व्याख्यासहित स्पष्ट हुन थापाको आग्रह छ। “विगतमा नियमावलीमा यस्तो व्यवस्था नरहेकोमा नयाँ नियमावलीले स्पष्ट व्यवस्था गरेको हुँदा प्रचलित कानुनबमोजिम स्वार्थ नबाझिने भनेको के हो? स्पष्ट व्याख्या र आवश्यक निर्णय हुन जरुरी छ,” उनले भने।
अर्थ समितिमा सिधा स्वार्थ बाझिनेगरी नेपाली कांग्रेसका विनोद चौधरीलाई सदस्य बनाइएकोबारे उकालोले विस्तृत विवरण उजागर गरेको थियो। समितिमा व्यवसायीहरू वीरेन्द्र महतो, जुली महतो, पूर्णबहादुर तामाङ, दीपक खड्कासमेत सदस्य छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
