नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई सोमबार जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो। उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो।
उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उक्त घटनामा एक सय छ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।
रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बूढानीलकण्ठबाट सांसद रायमाझी पक्राउ परेको जानकारी गराए।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले सोमबार नै सभामुखलाई जानकारी गराएको थियो। प्रहरीको पत्रलगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराएका हुन्। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
