इंलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा आर्सेनल घरेलु मैदानमा ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित भएपछि म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ।
इंलिस प्रिमियर लिग अन्तर्गत आइतबारका खेलमा म्यानचेस्टरले एभर्टनलाई पराजित गर्दा आर्सेनल ब्राइटन एन्ड होभ एल्बियनसँग पराजित भएको छ। आर्सेनल पराजित भएपछि सिटी उपाधि दौडको नजिक पुगेको छ।
आर्सेनल ब्राइटनसँग ३-० गोल अन्तरले पराजित भएको हो। आर्सेनललाई उसकै घरेलु मैदानमा पराजित गर्न ब्राइटनका लागि जुलिओ सिजर एनसिसो, डेनिज उन्डाभ र पर्भिस इस्टुपिनानले गोल गरेका थिए। तीन वटै गोल मध्यान्तरपछि भएका थिए।
हारसँगै आर्सेनलको ३६ खेलबाट ८१ अंक भएको छ। अब उसले दुई खेल खेल्न बाँकी छ। उता सिटीको ३५ खेलबाट ८५ अंक छ र उसले तीन खेल खेल्न बाँकी छ। तीन खेलबाट एक जित हासिल गर्दा सिटीले उपाधि जित्ने छ। ब्राइटनको ३४ खेलबाट ५८ अंक छ। ब्राइटन अंक तालिकाको छैटौँ स्थानमा छ।
यसअघि सिटीले एभर्टनलाई उसको घरेलु मैदानमा ३-० गोलले हराएको थियो। सिटीको जितमा कप्तान गुन्डोगानले २ गोल गरे। १ गोल इर्लिङ हाजार्डले गरे। गुन्डोगानले ३७औँ मिनेटमा गोलको खाता खोलेका थिए। त्यसको २ मिनेटपछि नै हाजार्डले गोल थपेका थिए। ५१औँ मिनेटमा गुन्डोगानले तेस्रो गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
