सभामुख देवराज घिमिरेसँग सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्।
काठमाडौँ– सांसदहरूले सभामुख देवराज घिमिरेसँग बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले यस्तो गुनासो गरेका हुन्।
गुनासो सुनेपछि सभामुख घिमिरेले सांसदहरू गुनासोको सम्बोधन हुन जरुरी रहेको बताए। ”सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिन्छ। माननीयहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जबाफदेही हुनुपर्छ। मन्त्रीहरूको सदनमा हुने गरेको उपस्थितिप्रति समीक्षा गर्नुपर्छ,” उनले भने, “बजेट निर्माण गर्दा माननीयहरूसँग छलफल नभएको गुनासोको सम्बोधन हुन जरुरी छ।”
कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने, तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने, संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेस गर्ने तयारी तथा पोसाक र प्रतीक चिह्नको प्रयोग सम्बन्धमा निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
