भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट पाथीभरामा हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ।
ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा मन्दिरमा सात करोड १० लाख रुपैयाँ बढी भेटी भएको छ।
भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार संकलन भएको थियो।
चालू आर्थिक वर्षमा दुई करोड सात लाख १९ हजार संकलन भएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। उनका अनुसार चालू आवमा पाथीभरामा भक्तजनले चढाएकोबाट एक करोड ५६ लाख ९७ हजार, दाताको सहयोगबाट ११ लाख ३१ हजार, सिक्का सटहीबाट सात लाख ५० हजार र भारतीय रुपैयाँ सटहीबाट सात लाख दुई हजार रुपैयाँ रकम संकलन भएको छ।
यस्तै चैत मसान्तसम्म ४८ लाख आठ हजार खर्च भएको काफ्लेले बताए। यसवर्ष पनि तीर्थयात्रीको उपस्थिति बढ्न थालेकाले भेटी संकलनसमेत वृद्धि हुनसक्ने समितिका अध्यक्ष रक्की थेबेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
