बाँदरले बालीनाली नष्ट गरिदिएपछि आजित भएका कास्कीको रुपा गाउँपालिका–५ देउरालीका महिलाले व्यावसायिक रूपमा बाख्रापालन थालेका छन्।
गण्डकी– कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ बाख्रापालनले २४ वटा बाख्रा पालेकी छन्। परम्परागत खोरमा बाख्रा पाल्दै आएकी उनले अहिले आधुनिक खोर बनाएकी छन्।
बाख्राका पाठा बेचेर घरखर्च र बैंकको किस्ता तिर्न सहज भएको उनले सुनाइन्। खोमायासहित गाउँका २४ जना महिला बाख्रापालन गरेर स्वरोजगार बन्ने बाटोमा छन्। अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उनीहरू सबैले आधुनिक खोर बनाएका छन्।
“व्यावसायिक रूपमा बाख्रापालन थालेपछि स्वरोरजगार बन्न टेवा पुगेको छ,” खोमायाले भनिन्, “दैनिक १९ किलो मासु उत्पादन गर्ने योजना छ।” बाख्रा, पाठा घर–घरबाटै बिक्री हुन थालेको समूहका अर्का सदस्य दुर्गा विकले बताइन्। आफूहरूलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुदान सहयोग गरेको विकको भनाइ छ।
बाख्रापालनका लागि एक करोड ९८ लाख लागतमध्ये स्वलगानी ३९ लाख, बैंकको ५९ लाख र आयोजनाको ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिइन्। मन्त्रालयअन्तर्गत नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)सँग २०७८ भदौमा अनुदान सम्झौता भएको थियो।
सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरणमा आयोजनाले सहयोग गरेको श्रेष्ठको भनाइ छ। पोखरा महानगरपालिका–३१ चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले गाईपालन गरिरहेको छ। गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिदमा आयोजनाले सघाएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिए।
२०५७ सालदेखि एक हजार लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले हाल दुई हजार ५०० लिटर दूध संकलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ। “आइसक्रिम, खुवा, मिठाईलगायत वस्तु पनि उत्पादन गर्न थालेका छौँ,” तिवारीले भने, “५० जनाले प्रत्यक्ष र सय जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
