पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ। पाकिस्तान तेहरीक–ए–इन्साफका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न बिहीबार सर्वोच्च अदालतले आदेश दिएको हो।
खानलाई सर्वोच्च अदालतले अपराह्न ४:३० बजे उपस्थित हुन आदेश दिएको थियो, तर एक घण्टापछि साँझ ५:४० बजे उनलाई उपस्थित गराइएको थियो।
पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसर पक्राउ गरेर हिरासतमा राख्नु देशको कानूनी प्रणालीको अपमान भएको बताएका थिए।
खानको गिरफ्तारीलाई चुनौती दिने पीटीआईको अपिलमाथि बहस गर्ने तीन सदस्यीय बेन्चको अध्यक्षता गर्दै प्रधानन्यायाधीशले यस्तो टिप्पणी गरेका हुन्। इजलासमा पाकिस्तानका प्रधानन्यायाधीशका अतिरिक्त न्यायाधीश मोहम्मद अली मजहर र अताल मिनाल्लाह पनि छन्।
इस्लामाबादको एक अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा खानलाई आठ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको थियो। केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिएको थियो।
खानलाई मंगलबार अर्ध सैनिक बल पाकिस्तान रेन्जर्सले पक्राउ गरेको थियो। उनी इस्लामाबादस्थित उच्च अदालत परिसरबाट पक्राउ परेका थिए। खानका वकिलहरूले उच्च अदालत बाहिरबाट खानलाई पक्राउ गर्नु गरैकानूनी कार्य भएको जिकिर गरेका थिए।
खानको गिरफ्तारीपछि पाकिस्तान अशान्ति बनेको थियो। पीटीआईले आफ्ना समर्थकलाई खानको समर्थनमा उत्रिन अपिल गरेसँगै देशभर प्रदर्शन भएको थियो। पाकिस्तानभर चर्किएको हिंसात्मक प्रदर्शनमा १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ। दुई हजारभन्दा बढी आन्दोलनकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको बताइएको छ। बिग्रिएको स्थितिलाई नियन्त्रणमा लिन पाकिस्तानका ठूला शहरूमा सेना परिचालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
