'आरोहण रोटेशन'अन्तर्गत उनी मंगलबार क्याम्प दुईभन्दा केही माथिसम्म पुगेको आरोहण दलका विवेक पाण्डेले बताए। गत वर्ष पनि आधार शिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण भन्दै आरोहण गर्न दिइएकाे थिएन।
काठमाडौँ– दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथाको ‘क्याम्प दुई’ (६,९०० मिटर)मा पुगेका छन्। 'आरोहण रोटेशन'अन्तर्गत उनी मंगलबार क्याम्प दुईभन्दा केही माथिसम्म पुगेको आरोहण दलका विवेक पाण्डेले बताए। क्याम्प दुई ६ हजार ४ सय मिटर उचाइमा रहेको छ।
सगरमाथा आरोहणअघि शरीरलाई त्यहाँको वातावरणसँग अभ्यस्त बनाउन आरोहीहरू माथि पुग्दै फर्कने प्रक्रियालाई रोटेशन भनिन्छ। मगरको यो अभ्यास सकिएको छ। उनी आजै विहान क्याम्प दुईबाट हेलीकप्टर चढी आधारशिविर आएर लुक्ला झरीसकेको पाण्डेले बताए। “हावाहुरी नरोकिएका कारण शिखरसम्मको बाटो बन्न सकेको छैन। अब केही दिन मौसम हेर्दै आराम गर्ने हो। मौसममा सुधार भएपछि आरोहण गर्ने तालिका तय हुन्छ,” उनले भने।
मगरले यसअघि छदेखि सात हजार मिटर उचाइमा तीन रात बिताएका थिए। पहिलो दिन ६ घण्टा लगाएर क्याम्प एकमा पुगेका थिए।
गत वर्ष पनि आधार शिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यस विरुद्ध अदालत गएका थिए। उक्त मुद्दा जितेपछि आरोहण अनुमति पाएका हुन्। फरक क्षमताका मानिसलाई हिम्मत, साहस दिन पर्वतारोहण क्षेत्रमा लागेको उनले यसअघि उकालोसँग बताएका थिए। उनी प्रेरक वक्ता (मोटिभेसनल स्पीकर) र अभियान्ता हुन्।

सन् १९७९ मा पश्चिम रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएका थिए। उनलाई युद्धका क्रममा अफगानिस्तान पठाइएको थियो। सन् २०१० मा विद्रोही तालिबानले राखेको एम्बुसमा परेर घाइते भए। उपचारका क्रममा घुँडादेखि मुनि दुवै खुट्टा काट्नुपरेको थियो।
त्यसपछि कृत्रिम खुट्टाका भरमा विभिन्न साहसिक खेलकुदमा सहभागी हुन थालेका हुन्। पर्वतारोहण, गल्फ,स्काइ डाइभिङ,स्की, कायकिङ, ह्वीलचियर रग्बी, ह्वीलचियर र बास्केटबल खेलमा सहभागी हुँदै आएका छन्। उनले सन् २०१७ मा दुवै खुट्टा नभएको पर्वतारोहीका रूपमा मेरापिक (६४७० मिटर) आरोहण गरेर कीर्तिमान बनाएका थिए।
लगत्तै उनले सगरमाथा आरोहणको योजना बनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
