एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउने तर आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि निष्पक्ष छानबिन गर्न दबाब दिएको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चुनौती दिएका छन्। सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागी परेकै कारण आफूले भेटेर ‘दोषीहरू कोही पनि नछुटुन्’ भन्नेको जिकिर गरे। प्रधानमन्त्री दाहालले दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि निष्पक्ष छानबिन गर्न दबाब दिएको उनको स्पष्टोक्ति थियो।
यो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि उनले चेतावनी दिए। उनले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरूलाई छुटाउन दबाब दिए जसरी सञ्चारमाध्याममा बोलेको दोहोर्याउँदै 'हिरोइजमको खेल' खेल्ने प्रयास नगर्न सचेत गराए।
"म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु–दोषीविरुद्ध उभिने हिम्मत देखाउनुस्। प्रतिपक्षविरुद्ध होइन । म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु–हाम्रो पार्टी कसैको दोष, अपराधको ढाकछोप गर्दैन। र, कोही पनि दोषीलाई बचाउने काम गर्दैन," उनले भने।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोतलमा राखिएको पुरानो रक्सीको रूपमा चित्रण गरे। तीतेपाती उदाहरण प्रस्तुत गर्दै उनले रास्वपाको आयु बढीमा चार महिनाको रहेको जिकिर गरे। नयाँ र पुरानोको हल्ला चलाउनुको कुनै अर्थ नरहेको तर्क गरेका ओलीले एमाले सबैभन्दा पुरानो र नयाँ पार्टीको भएको दाबीसमेत गरे।
देश बनाउने भिजनबिनाको पार्टीलाई नयाँ पार्टी भन्न नसकिने तर्क उनको थियो। "जेसुकै चिह्न बोकौँ, देश बनाउने भिजनबिना, कहाँ पुग्ने भन्ने भिजनबिना, समृद्धि नेपाल: सुखी नेपालीजस्तो क्लियर भिजनबिना अगाडि बढ्न सक्दैनौँ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
