सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निष्मा श्रेष्ठले जितेका छन्।
रत्नाङ्गे– सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निष्मा श्रेष्ठले जितेका छन्।
सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ वटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए। यसै विधामा क्रिस्टोफर किलिंस दोस्रो हुँदा तेन्गी रोबर्स तेस्रो भए।
पहिलो स्थान हासिल गरेका राजेशले ३० हजार प्राप्त गरे। त्यस्तै, दोस्रो स्थान हासिल गरेका क्रिस्टोफरले २० हजार पाउँदा तेस्रो हुने तेन्गीले १० हजार पाए।
महिलातर्फ निष्मा पहिलो हुँदा लक्ष्मी मगरले दोस्रो स्थान हात पारिन्। त्यस्तै, उषा खनाल तेस्रो भइन्। निष्माले ३० हजार प्राप्त गरिन्। त्यस्तै, दोस्रो स्थान हासिल गरेकी मगरले २० हजार पाउँदा तेस्रो हुने उषाले १० हजार पाइन्।
पुरुषतर्फको मास्टर्स विधामा दिनेश महर्जन पहिलो, मनोज श्रेष्ठ दोस्रो र विनेश तुलाधर तेस्रो भए।
त्यस्तै, जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो हुँदा दुर्वेश विक्रम शाह दोस्रो भए। यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाएका थिए। दुवै विधाका खेलाडीहरूले केटीएम सिटी र कोलम्बसबाट गिफ्ट ह्याम्पर प्राप्त गरे।
फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रूपमा सहयोग गरेको हो।
चार विधामा २६ राइडर सहभागी प्रतियोगितामा दुई विदेशी राइडरले पनि प्रतिस्पर्धा गरेका थिए। हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
