भियतनामलगात त्यस क्षेत्रमा पर्ने थाइल्यान्ड, म्यानमारका विभिन्न ठाउँमा पनि उच्च तापक्रम मापन गरिएको छ। बंगलादेश र भारतका केही स्थानको तापक्रम पनि लगातार बढिरहेको बताइएको छ।
भियतनामको तापक्रम अहिलेसम्मकै उच्च ४४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ।
भियतनामको उत्तरी थाइन होवा प्रान्तमा शनिबार यो तापक्रम मापन भएको त्यहाँको मौसम विभागलाई उधृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यसअघि भियतनामको हा तिन प्रान्तमा सन् २०१९ मा सबैभन्दा बढी तापक्रम ४३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो।
अत्यधिक तापक्रम मापन भएपछि सरकारी निकायले स्थानीयलाई घरभित्रै बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ। भियतनामसँगै यस भेगका विभिन्न देशमा पनि उच्च तापक्रम मापन भएको बीबीसीले जनाएको छ।
थाइल्यान्डको पश्चिमी माक प्रान्तमा भियतनामको जस्तै ४४ डिग्रि सेल्सियस तापक्रम मापन भएको छ। यता, म्यानमारमा पनि पूर्वी शहरहरूमा तापक्रम दशकयताकै उच्च ४३ दशमलव ८ डिग्रि सेल्सियस मापन भएको छ। यी दुवै देशमा मनसुनअघि उच्च तापक्रम रहँदै आए पनि यस वर्ष नयाँ कीर्तिमान कायम भएको हो।
बंगलादेशको राजधानी ढाकामा पनि सन् १९६० यताकै उच्च तापक्रम मापन भएको छ। भारतका केही स्थानमा पनि सामान्यभन्दा ४ डिग्रि सेल्सियससम्म उच्च तापमान मापन भएको बताइएको छ।
जलवायु परिवर्तन र विश्वको तापमानमा वृद्धिको परिप्रेक्षमा हालैको नयाँ रेकर्ड निकै चिन्ताजनक रहेको हनोइका जलवायु विज्ञ गुयेन गोक हुयेलाई उधृत गर्दै बीबीसीले जनाएको छ। उनी भन्छन्, “मलाई लाग्छ यो रेकर्ड धेरैपटक दोहोरिनेछ। यसले जलवायु परिवर्तनका चरम असरका नमूनाहरूलाई सत्य प्रमाणित गरेको छ।"
पृथ्वीमा औद्यौगिक युग शुरू भएयता विश्वको तापक्रम १ दशमलव १ डिग्री सेल्सियस बढेको छ। तर, विभिन्न देशले उत्सर्जन कटौतीसम्बन्धमा कडा र ठोस मापदण्ड नल्याउँदासम्म तापक्रम बढ्ने क्रम नरोकिने विज्ञहरू बताउँछन्।
यता, अप्रिल महिनाभर स्पेनले यस अवधिमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरेको छ। देशको दक्षिणी क्षेत्रस्थित कोर्दोबा विमानस्थलमा अप्रिलभर हालसम्मकै उच्च ३८ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले उल्लेख गरेको छ।
विश्वको तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियससम्म कायम राख्ने विश्वव्यापी समझदारी कार्यान्वयन भएको छैन। तर विश्वको तापक्रम १ दशमलव १ डिग्रीले बढिसकेको छ। यस्तोमा विश्वको तापक्रम वृद्धि सन् २०३० सम्ममै १ दशमलव ५ डिग्री सेल्सियस नाघ्ने विज्ञहरूको भनाइ छ।
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरदेशीय प्यानलको एक प्रतिवेदनले भन्छ, "प्रत्येक पटक विश्वको तापक्रम बढ्दा यसका परिणामहरू झनै खतरानाक देखिनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
