गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर काम गर्न खोजे समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्ने बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन्। आइतबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन्।
उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताए। उनले राष्ट्र बैंक सीमाभन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था नभएको भनाइ राखे। "राष्ट्र बैंकले कति भार सहने मौद्रिक नीतिका आफ्ना सीमाहरू छन्। त्यो सीमासम्म राष्ट्र बैंकले पायौँ भने सहन सक्छ। होइन भने त्यो सम्भव छैन," उनले भने।
गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोजे समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्ने उल्लेख गरे। उनले मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हितमा आएका सबै सुझावअनुसार नीतिगत निर्णय गर्ने बताए।
गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताए। उनले राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हितमा आवश्यक नीतिगत निर्णय गरिरहेको दाबी गरे।
गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कैयौँ विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको बताए। उनले बैंक, व्यवसायी लगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गरे। उनले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज भएको सुनाए। उनले राष्ट्र बैंक मौद्रिक नीतिका त्रैमासिक समीक्षा वैशाख महिनाको अन्तिमसम्म गरिसक्ने तयारी गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
