एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौँको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर लगायतका क्षेत्रबाट पक्राउ गरिएको बताए। नागरिकता प्राप्तिपछि उनीहरू घर–जग्गा किनेर व्यापार–व्यवसाय गरेर बस्दै आएका थिए।
काठमाडौँ– नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानपछि भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिए। उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भीमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता लिएको बताए।
उनका अनुसार भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देही लगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको छ। पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौँको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेका छन्। त्यस्तै, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेका छन्।
एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौँको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर लगायतका क्षेत्रबाट पक्राउ गरिएको बताए। उनीहरू नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेका थिए।
उनले भारतीयहरूले वंशजको आधारमा नै नागरिकता लिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गर्दै आएको भेटिएको बताए। एउटै प्याटनमा सबै जिल्लाका घटनामा एकैसाथ अनुसन्धान गरेर उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
