यार्सा संकलनका लागि जुम्लाको पातारासीबाट गएका १५ जनामध्ये हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। उनीहरू छ दिन लगाएर मुगुको च्यार्खु लेक पुगेका थिए।
जुम्ला– मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहराको मृत्यु भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिए।
बोहराका अनुसार यार्सा संकलनका लागि पातारासीबाट गएका १५ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको हो। पातारासीबाट छ दिन लगाएर उनीहरू च्यार्खु लेकमा पुगेका थिए।
घटना शुक्रबारकै भए पनि शनिबार बेलुका मात्रै खबर पाएको उनको भनाइ छ। खबर प्राप्त गरेलगत्तै गमगढीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।
यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने जनाएको थियो। तर, उक्त सूचनालाई छलेर सयौँ मानिस मुगुको पाटनमा पुगेको अध्यक्ष बोहराले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
