रियल मड्रिडले ९ वर्षपछि जित्यो कोपा डेल रेको उपाधि

गएराति भएको फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल च्याम्पियन बनेको छ। रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे। 

काठमाडौँ– रियल मड्रिड ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ। गएराति भएको फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियलले उपाधि जितेको हो।

यसअघि रियल सन् २०१४ मा कोपा डेल रे च्याम्पियन बनेको थियो। रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे। ओसासुनाका लुकास टोरोले एक गोल फर्काए।

खेलको २ मिनेटमै रियलले अग्रता दिएको थियो। ५८औँ मिनेटमा टोरोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए।

७०औँ मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए। योसँगै रियल २०औँ पटक कोपा डेल रे च्याम्पियन बनेको छ।

बार्सिलोनाले सबैभन्दा धेरै ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ।