सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः संसद्बाट विश्वासको मत लिन आवश्यक नपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौँ– सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः संसद्बाट विश्वासको मत लिन आवश्यक नपर्ने निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने दुबिधाबीच सत्ता गठबन्धनले पुनः विश्वासको मत लिने आवश्यक नभएको निष्कर्ष निकालेको हो।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “विश्वासको मत लिने आवश्यकता छैन।”
उनले सत्ता गठबन्धनको बैठकले आइतबारबाट शुरू हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गरेको बताए। उनका अनुसार संसद्को बैठकलाई कसरी व्यवस्थित बनाउने र निजामती ऐन, संघीय शिक्षा ऐनबारे छलफल भएको छ।
"भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो। अब व्यवस्थित रूपमा भोलि सदन शुरू गरेपछि कार्यक्रम अघि बढाउनेछौँ," उनले भने।
उनले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताए।
बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
