संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
काठमाडौँ– संखुवासभाको भोटखोला–४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि घाइते भएका पाँचमध्ये एक जनाको मृत्यु भएको हो। स्थानीय भविन गुरुङको मृत्युको हो। उनी हेलिकप्टरको सहयोगीका रूपमा काम गर्दै आएको बताइएको छ।
तीन जनालाई काठमाडौँ पठाइएको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे, मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीको भनाइ छ।
शुक्रबार दिउँसो १:१० बजेतिर भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा हेलिकप्टर दुर्घटनामा परेको थियो। डिलिङ मेसिन राखेपछि हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान रहेको डीएसपी गोदारको भनाइ छ।
हेलिकप्टर माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो। दुर्घटनापछि सेनाको हेलिकप्टर प्रयोग गरी घाइतेको उद्धार गरिएको थियो। उनीहरूलाई काठमाडौँस्थित मेडिसिटी अस्पताल ल्याइपुर्याएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
