राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन्।
राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने धारणा राखे।
“अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन,” उनले भने, “सरकारले गरेका कामकारबाही पारदर्शी रूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कायम गर्ने काम सूचनाको हकले गर्छ।” सार्वजनिक निकायले सूचना हकबारे जानकारी गराउनुपर्छ भनेर अभियान नै चलाउनुपर्नेमा सभामुख घिमिरेको जोड छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने बताइन्। सूचनाको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र नागरिकले सहज रूपमा सूचना पाउने उनको भनाइ छ। सरकार पारदर्शी, सुशासन र सेवा प्रवाहका विषयमा गम्भीर रहेको र त्यहीअनुरूप काम गर्दै आएको स्पष्ट पारिन्।
आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले जनआन्दोलनपछिको उपलब्धिका रूपमा सूचनाको हकसम्बन्धी अवधारणा आएको बताए। कानुन कार्यान्वयन प्रभावकारी भए राज्यका काम कारबाहीमा पारदर्शी र सुशासन कायम हुने उनको भनाइ छ।
विश्वमा १३६ राष्ट्रमा सूचनाको हकको कानुन बनेर कार्यान्वयनमा रहेको र नेपालको कानुन २२औँ स्थानमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
