कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगीको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए।
खजुरा– बाँकेमा डेंगीको संक्रमण बढ्न थालेको छ। जिल्लाको कोहलपुरमा पाँच जनामा डेंगीको संक्रमण देखिएको हो।
कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगीको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए। उनका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक/एक जनामा डेंगी संक्रमण देखिएको हो।
उनीहरू सबैमा रोगको लक्षण देखिएको छ। अस्पतालका डा. रवि शर्मा वाग्लेले संक्रमितलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए। उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेंगी संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सतर्कता अपनाउन अपिल गरेको छ। आर्थिक वर्ष २०७९/८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेंगीको प्रकोप फैलिएको थियो। यी तीन महिनामा मात्रै १७० जनाभन्दा बढी व्यक्ति डेंगीबाट संक्रमित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
