सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन्।
गोदावरी– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउनुपर्ने बताएका छन्।
कैलालीको धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका हुन्। “राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुंगो लगाइनेछ,” उनले भने।
रवि लामिछाने गृह मन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नहुने अध्यक्ष नेपालको भनाइ छ। उनले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए।
सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्नेमा उनको जोड छ। अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
