सन्दीप लामिछाने पक्षका वकिलले जन्मदर्ताको उमेरका आधारमा वकालत गर्ने बताएका छन्।
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो। अभियोगपत्र दायरपछि अदालतमा मंगलबार सन्दीपसँग बयान लिइएको हो।
सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए। उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा विद्युत् अवरुद्ध कारण बयान लिने काम ढिला शुरू भएको बताए।
सापकोटाका अनुसार सन्दीपले बयानका क्रममा आफूप्रति बदनीयत र कसैको उक्सावटमा अभियोग लगाएको बयान दिएका छन्। उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए।
"जबरजस्तीकरणको अभियोग मप्रति बदनीयतका साथ कसैको उक्सावटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ," उनले भने, "प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु। जन्मदर्ताका प्रमाण केही भेटिएका छन्।"
उनले पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र चिकित्सकहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए। उनले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर मुद्दा अघि बढाउने र त्यसैका आधारमा आफूहरूले वकालत गर्ने स्पष्ट पारे।
सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
