भारतमा आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले पनि सहभागिता जनाउने भएको छ। प्रतियोगितामा कुवेतसँगै भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेश सहभागी हुनेछन्।
काठमाडौँ- भारतमा आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा कुवेतले पनि सहभागिता जनाउने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार कुवेतले प्रतियोगितामा सहभागिता पक्का भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको हो। सर्वाधिक १० पटक अरेबियन गल्फ कप जितेको कुवेतले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। कुवेतले पछिल्लोपटक सन् १९८० मा एशिया कप जितेको थियो। कुवेत फिफा वरीयतामा १४३औँ स्थानमा छ।
महासंघले यसअघि साउदी अरबको यू-२३ टोली र मलेसियाललाई सहभागिताका लागि प्रस्ताव गरेको थियो। साउदी विश्व वरियातमा ५४ र मलेसिया १३८औँ स्थानमा छन्। तर, उनीहरूले उक्त प्रस्ताव अस्वीकार गरेपछि कुवेतलाई आमन्त्रित टोलीको रूपमा सहभागिता गराउन लागेको महासंघले जनाएको छ।
साफ च्याम्पियनसिपको १४औँ संस्करण जुन २१ देखि जुलाई ३ सम्म भारतमा आयोजना हुँदै छ। प्रतियोगितामा दक्षिण एशियाका आयोजक तथा साविक विजेता भारत, उपविजेता नेपालसँगै भुटान, माल्दिभ्स र बंगलादेश सहभागी हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
