चिसोले कठ्यांग्रिएर सूर्मा गाउँपालिका– ४ का प्रमु बोहरा र ५ नं वडाका कलक बोहराको मृत्यु भएको छ। यस्तै, १ नं वडाकी झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।
काठमाडौँ– बझाङमा यार्सा संकलन गरेर फर्कने क्रममा दुई जनाको मृत्यु भएको छ। एक जना महिला हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।
सूर्मा गाउँपालिका–१ को लेकबाट फर्कँदै गरेका उनीहरू अप्ठ्यारो बाटोमा हिउँमा फसेका थिए। भारी मात्रामा हिमपात र वर्षा भएपछि चिसोले कठ्यांग्रिएर सुर्मा गाउँपालिका– ४ का प्रमु बोहरा र ५ नं वडाका कलक बोहराको मृत्यु भएको गाउँपालिका अध्यक्ष खडकबहादुर बोहराले जानकारी दिए।
उनका अनुसार कलकको आइतबार र प्रमुको मंगलबार मृत्यु भएको हो। यस्तै मंगलबार सूर्मा–१ की झल्लादेवि बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।
झल्लादेवीलाई पनि ३ छोराछोरी र १ जना छिमेकीसिहत गाउँ फर्कने क्रममा हिमपहिरोले बगाएको ५ नं वडाका अध्यक्ष वीरबहादुर जेठाराले बताए। उनको खोजी कार्य जारी रहेको जेठाराको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
