सभामुखले तोकेका दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।
काठमाडौँ– संघीय संसद् सचिवालयले संसदीय समितिहरूको पहिलो बैठक बोलाउने तयारी गरेको छ। प्रतिनिधिसभाको बैठकले शुक्रबार १० वटा विषयगत समिति गठन गरेको थियो।
यससँगै समितिहरूको बैठक बोलाएर सभापति चयन प्रक्रिया अगाडी बढाउने तयारी थालिएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। सभामुखले तोकेको दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना प्रतिनिधिसभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था छ।
“संसद् सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ,” उनले भने “सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र सो सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने भन्ने व्यवस्था छ।” पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने प्रवक्ता गिरीको भनाई छ।
“समिति सचिवालयले उक्त समितिको ज्येष्ठ सदस्यसँग सम्पर्क गर्छ। ज्येष्ठ सदस्यसँगको समन्वयमा पहिलो बैठकको मिति तय हुन्छ,” उनले भने। प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन्। यसका साथै प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू रहने गरी दुई वटा विषयगत समिति पनि छन्।
प्रतिनिधिसभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा मन्त्रिपरिषद्का सदस्य सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकाले विषयगत समितिमा सदस्य तोकिने व्यवस्था नरहेको गिरीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
