तनहुँको आँबुखैरेनी गाउँपालिकाले सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित पढ्दै कमाउँदै कार्यक्रम शुरू गरेको छ।
दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम शुरूआत गरेको छ। वडा नं ४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो।
विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित यो योजना ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ,” उनले भने, “सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम शुरूआत गरेका हौँ।”
यो परियोजनाअन्तर्गत विद्यार्थीले अदुवा खेतीको शुरूआत गरेका छन्। दुई रोपनी जग्गामा १७५ किलो अदुवा र १६५ किलो हलेदो रोपिएको छ। विद्यार्थी आफैँले बारी खनेर अदुवा र हलेदो रोपेको प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए।
यो कार्यक्रमले विद्यार्थीलाई सीपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ। “पढाइसँगै विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ। त्यसमाथि सीपमूलक ज्ञान त झन् प्रभावकारी हुन्छ,” ढकालले भने, “विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन्।”
जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम शुरू गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। “विद्यार्थीलाई पढाइका साथसाथै सीपमा जोड्ने कार्यक्रमको मुख्य लक्ष्य हो, यसले गर्दा विद्यार्थीलाई पछि आत्मनिर्भर बन्न सहयोग पुग्छ,” उनले भने।
उत्पादन भएका कृषि उपज वस्तुको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने केसीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
