मंगलबार यूएईले सोमबारकै स्थितिदेखि खेल शुरू गरेको हो। तर, यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा अलआउट भयो।
काठमाडौँ– एसीसी प्रिमियर कपको उपाधिका लागि यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार वर्षाका कारण नेपाल र यूएईबीचको खेल २७.३ ओभरमा रोकिएको थियो। टस हारेर पहिले ब्याटिङ थालेको यूएईले वर्षा शुरू हुनुभन्दा अगाडि ९ विकेट गुमाएर १०७ रन बनाएको थियो।
मंगलबार यूएईले सोमबारकै स्थिति (१०६/९–२७.३ ओभर)देखि खेल शुरू गरेको हो। तर, यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा अलआउट भयो।
यूएईका कार्तिक मायाप्पन २३ बल खेल्दै १ रन बनाएर अविजित रहे। यता, जुनैद सिद्दिकीले १७ बलमा १ छक्कासहित १० रन बनाए।
यूएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए। उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे। ओपनर आर्यन लाक्राले १३, अर्का ओपनर तथा कप्तान मोहम्मद वासिमले ११ र बसिल हाम्मेदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए। उनले ७.१ ओभर बलिङ गर्दै २ मेडनसहित १४ रन दिए।
करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए। सोमपाल कामी र गुलशन झाको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
