भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि बाँकेको जमुनाहा नाका दुई दिन बन्द गर्न लागिएको हो।
नेपालगञ्ज- भारतसँगको जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ। बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो।
मंगलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म नाका पूर्णरूपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए। यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उनको भनाइ छ।
खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको बताइएको छ। त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीको तयारी भइरहेको छ।
नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने सहमति भएको छ। सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, जन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन्।
खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ। यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
