तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह मलेसिया, बेल्जियम र नेदरल्याण्ड निर्यात हुन थालेको छ। यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन्।
तनहुँ- शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ। यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन्।
प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र नेदरल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिए। उनका अनुसार ती देशमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ। विदेशमा प्रतिकिलो २ हजार ५०० रुपैयाँमा मह बिक्री हुने गरेको उनको भनाइ छ।
“पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै बिक्री भएको बेला तीन हजार किलोसम्म जान्छ,” उनले भने, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ।”
समूहमा ४१ घरधुरीका कृषक आबद्ध छन्। सबै घरधुरीले मौरीपालन गरिरहेका छन्। थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ। “यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्,” थापाले भने, “मौरीपालनबाट कृषक सन्तुष्ट छन्।”
यहाँका कृषकले सिजनमा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन्। मह उत्पादनका तीन सिजन उपयुक्त मानिन्छ। कृषक समूहमा उत्पादित मह आफूहरुले संकलन गरेर काठमाडौँका व्यापारीमार्फत विदेश पठाउने गरेको थापा बताउँछन्। नेपालमा भने प्रतिकिलो १ हजार ५०० मा मह बिक्री हुँदै आएको छ।
दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ। एक हजारदेखि एक हजार ३३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उनले बताए। “चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ,” उनले भने।
कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकको रूपमा विकास गरेको छ। कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ। एक हजार १३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताए। शुक्लागण्डकी नगरपालिका १ र २ मा मौरीपालन कृषकको सङ्ख्या २२० छन्। सबै कृषकले मौरी पालेर मह उत्पादन गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
