इमर्जिङ कप जुलाईमा हुनेछ। उक्त प्रतियोगितामा नेपाल, ओमान र यूएईसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशको ए टोलीले भाग लिने छन्।
काठमाडौँ– एसीसी प्रिमियर कपको फाइनलमा पुगेका नेपाल र यूएईसँगै ओमान इमर्जिङ टिम्स एशिया कपमा छनोट भएका छन्। प्रिमियर कपअन्तर्गत आइतबार तेस्रो स्थानको लागि भएको प्लेअफ खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल र यूएईसँगै ओमानले पनि इमर्जिङ कपमा स्थानमा बनाएको हो।
जितका लागि १३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो। मैदान ओसिलो भएका कारण सुपर ओभरसमेत खेलाउन सम्भव भएन।
सुपर सापरले मैदान सुकाउन करिब एक घण्टा लाग्ने समय लाग्ने भएपछि ओमानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वरीयताअनुसार तेस्रो भएको घोषणा गरिएको हो। वरीयतामा ओमान १८औँ स्थानमा रहेको छ। कुवेत भने वरीयताविहीन छ।
त्यसअघि ओमानका ओपनर जतिन्दर सिंहले २६ रन बनाएका थिए। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कश्याप प्रजापति १३ रनमा अविजित थिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३० रन बनाएको थियो।
कुवेतका ओपनर आदनान इद्रिसले सर्वाधिक ३४ रन बनाए। उनले ४८ बलमा ६ चौका प्रहार गरे। सैयद मुनिब २८ रन, यासिन पटेल १७, ओपनर रविजा सनदरूवान र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए।
ओमानका जय ओडेराले ५ विकेट लिए। उनले ५.३ ओभरमा १ मेडनसहित १४ रन खर्चे। बिलाल खानले २ तथा आयन खान, जिशान मकूसुद र जतिन्दर सिंहले १/१ विकेट लिए।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले एसोसिएट टोलीलाई एक्सपोजर दिन इमर्जिङ कप आयोजना गर्दै आएको छ। फाइनल पुगेका नेपाल र यूएईले इमर्जिङ कपमा स्थान पक्का गरिसकेका छन्।
फाइनल प्रवेशका लागि भएको खेलमा यूएईले डकवर्थ लेविस पद्धतिमा दुई रनले ओमानलाई पराजित गरेको थियो। यता, नेपाल र कुवेतबिचको खेल भने नतिजाविहीन भएको थियो। नेपाल समूह ए को विजेताको आधारमा फाइनल पुगेको हो।
उपाधिका लागि सोमबार नेपाल र यूएई आमनेसामने हुँदै छन्। यो खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एशिया कपमा स्थान बनाउने छ। विजेता टोली सिधै भारत र पाकिस्तान रहेको समूहमा रहने छन्।
इमर्जिङ कप जुलाईमा हुनेछ। उक्त प्रतियोगितामा नेपाल, ओमान र यूएईसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशको ए टोलीले भाग लिने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
