वीर अस्पतालको पर्खाल भत्किँदा बिरामी कुरुवा ४ जना घाइते

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।

काठमाडौँ– वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्।

आइतबार दिउँसो वीर अस्पतालको मुख्य भवन पछाडिको पुरानो भवनको छतको पर्खाल भत्केर बिरामी आफन्त कुरेर बसेका ठाउँमा खसेको हो। 

पर्खाललाई नछोपेको र घामपानीले असर गरेर कमजोर बनेको पर्खाल आइतबार परेको पानीले भत्काएको हुनसक्ने अस्पतालले बताएको छ। छतको पर्खाल खसेर बिरामी आफन्त कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी  घाइते भएका हुन्। 

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ।