ला लिगामा दोस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ६८ अंक जोडेको छ। शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ७९ अंक छ।
काठमाडौँ– स्पेनिस ला लिगामा रियल मड्रिडले अल्मेरियालाई पराजित गरेको छ।
घरेलु मैदानमा रियललाई ४–२ को जित दिलाउने क्रममा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। रियलका रोड्रिगोले एक गोल थपे।
अल्मेरियाका लजारो र लुकास लोवर्टोनीले १/१ गोल फर्काए।
खेलको पाँचौँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले १७औँ र ४२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
पहिलो हाफको इन्जुरी समयमा लजारोले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। ४७औँ मिनेटमा रोड्रिगोले गोल गरे।
६१औँ मिनेटमा लुकासले १ गोल गरेपछि अल्मेरियाले खेलमा फर्कने प्रयास गरेको थियो। तर, त्यसपछि थप गोल निस्कन नसक्दा रियलले सहज जित दर्ता गर्यो।
ला लिगामा दोस्रो स्थानमा रहेको रियलको ३२ खेलबाट ६८ अंक पुगेको छ।
शीर्षस्थानको बार्सिलोनाले समान खेलबाट ७९ अंक छ। अल्मेरिया ३३ अंकसहित १५औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
